January 21, 2021

Asian Khabar

Online News Portal

प्यूठानमा पून एक हप्ता निषेधाज्ञा थप

प्यूठान जागरण संबाददाता

प्यूठान, १८ भाद्र । प्यूठानमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलन नदिन भन्दै भाद्र १८ गते सम्मका लागी लगाइएको निषेधाज्ञा पून थप गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति तथा अन्य सर्बपक्षिय समितिका सदस्यको बैठकले निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

भाद्र २५ गते सम्मका लागी अत्याबस्क बाहेका सबै किसिमका सबारी साधन, चल्न नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो । जिल्लामा केही मात्रामा टिप्पर चलि रहेको हुँदा निषेधाज्ञा अबधी भर पूर्ण रुपमा बन्द गरिने भएको हो ।

बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल, दुध डेरी बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखी ७ बजेसम्म खोल्न दिने निर्णय भएकोमा आजको बैठकले १ घण्टा समय थप गरेको छ । समग्रमा निषेधाज्ञा भरी भएको कोरोना परिक्षणमा सकारात्मक तथा सुधारात्मक पाइयो प्रजिअ भुषालले भन्नुभयो “ बिचको अबधि भित्र करिब ५ सय परिक्षण हुँदा निकै कम मात्रामा रिपोट पोजेटिभ आएको बताउनु भयो ”। स्थानीय स्वास्थ्यको मापदण्ड नअपनाई बजार सञ्चालन गरेमा तथा भिडभाड गरेमा स्थानीय तहको अनुगमनमा कावार्ही समेत गर्ने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुषालले प्यूठान जागरण अनलाइनलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.