April 15, 2021

Asian Khabar

Online News Portal

प्यूठानका कोरोना संक्रमितको बुटबलमा निधन

प्यूठान जागरण संबाददाता
भाद्र, १८ । प्यूठानका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बुटवलमा निधन भएको छ । स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा बुटवलमा मृत्यु भएको स्वर्गद्धारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।
कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका पुरुष उपचारका लागि भदौ १० गते गौतम बुद्ध मुटु अस्पतालमा भर्ना भएका थिए । भदौ १५ गते उनको स्वाब निकालिएको थियो भने भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।


अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । मुटु अस्पतालमा आउनु अघि उनले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका अध्यक्ष आलमले जानकारी दिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमित पनि उपचाररत रहेका उनले बताए । यसअघि स्वर्गद्धारी नगरपालिका वडा नं. ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group