April 16, 2021

Asian Khabar

Online News Portal

जन्मदिनमा सतिषलाई बीमा उपहार

प्यूठान भाद्र, १४ । दलित अधिकार कर्मी तथा यूवा व्यवसायी सन्तोष बिकले आफ्नो छोरा सतिष बिकको जन्म दिनको अबसरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोक प्रीय जीवन हेरचाह बीमा उपहार दिनु भएको छ । आइतबार आफ्नै निवास प्यूठान नगरपालिका ७ मा महालक्ष्मी लाईफ इन्स्योरेन्स प्यूठानलाई निमन्त्रणा गरी सो कार्य गर्नु भएको हो । छोराको जन्मदिनमा अन्य खर्च नगरी भबिष्यमा पर्दा साथ दिने साथै बचत पनि हुने भन्दै ५ लाखको जीबन हेरचाह बीमा उपहार छोरालाइ दिएको बिकको भनाई छ ।
कम्पनीको जीबन हेरचाह शिर्षक बीमा क्षेत्रमा पृथक र असाध्यै राम्रो भएको भन्दै कुनै पनि व्यक्तिले अनाबस्यक खानपान खर्च गर्नु भन्दा कुनै राम्रो कार्यमा खर्च गरी जन्मदिन मनाउन बिकले शुझाव दिनुभयो ।


पछिल्ला दिनहरुमा छोरा–छोरीको जन्मदिनमा बाबा, आमाले बीमा उपहार दिने प्रचलन बढेको महालक्ष्मी लाईफ इन्स्योरेन्स प्यूठानका प्रमुख लोकेन्द्र सुनारले जानकारी दिनुभयो । सुनारले भन्नुभयो महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन हेरचाह शिर्षक, बीमा क्षेत्रमा सबैको आँखाको केन्द्र बन्न पुगेको हुँदा ग्रामिण क्षेत्रमा यसको महत्व झनै रहेको तर्क गर्नु भयो ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका बीमा शिर्षक र सुबिधा जनताले अति नै रुचाएका कारण कम्पनीमा बीमा गर्ने अत्यन्तै बढेको कम्पनीका राप्ती अञ्चल प्रमुख कृष्ण प्रसाद पोख्रेलले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो । इन्स्योरेन्सले अहिले जीवन हेरचाह, सावधिक, डबल सावधिक, सावधिक आजीवन, वार्षिक धनफिर्ता, सरल बीमा, जीबन सुरक्षा र लगानी फिर्ता म्यादी बीमा सर्बसाधारणमा उपलब्ध गराएको छ भने हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group