April 15, 2021

Asian Khabar

Online News Portal

१ करोड लगानी भएको खानेपानी योजना अझै उपभोक्ता सम्म पुगेन

लोकेन्द्र सुनार/भाद्र, ४

प्यूठान नगरपालिका ७ स्थित डाँडागाउमा १ करोड लगानीमा सम्पन्न गरेको टिकुरी डाडागाउँ लिफ्ट खानेपानी आयोजना उपभोक्ताले प्रयोगमा ल्याउन पाएका छैनन् । आर्थिक वर्ष २०७५÷७६ बाट सन्चालन भई २०७६ सालमा प्रदेश सरकारको ५० लाख, स्थानीय सरकारको २५ लाख बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता समितिको २५ लाख गरी १ करोडको लागतमा बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता समितिले २०७६ जेठमा आयोजना सम्पन्न गरेको थियो ।


लिफ्ट खानेपानी सन्चालन २०७६ फागुनबाट यति लामो समय भएता पनि स्थानीयले छलफल नै नगरी मनोमानी पानीको शुल्क निर्धारण गरेको भन्दै धारा जडान गरेका छैनन् । करिब एक सय घर धुरी स्थानीय अहिले पनी टाडा बाट खोलाको पानी बोकेर खान बाध्य छन् ।
सरकारको ७५ प्रतिशतमा सम्पन्न भएको खानेपानी आयोजना उपभोक्तालाई २७ हजार छ सय तिरी धारा जडान गर्नुपर्ने र मासिक १० यूनिट बराबरको २ सय ५० शुल्क लिने बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता समितिले बताए पछि महङ्गो भएको भन्दै उपभोक्ता आन्दोलनमा उत्रीएका छन् ।

खानेपानी सबैको पहुँचमा पु¥याउने गरी पटक–पटक वडा तथा प्यूठान नगरपालिकामा खानेपानी कम शुल्कमा खान पाउनु पर्ने माग राख्दै डेलिकेशन गएको स्थानीय राजु नेपालीको भनाई छ । सरकारको यति ठूलो खर्चमा लगानी भएको आयोजनाको ट्याङ्की पहिरोको धरापमा परेको र स्थानीय बस्ती समस्यामा रहेको हुँदा सम्बन्धीत निकाय बेलैमा सचेत हुन स्थानीय उपभोक्ता समशेर नेपालीले बताउनु भयो ।
ट्याङ्ककी निमार्ण गर्दा ठाउँ राम्रो भएकाले बनाएको तर बर्खाको पहिरोले गर्दा पानी जम्मा गर्ने ट्याङ्ककी धरापमा रहेको पोल ढल्ने, बिद्युत खर्च बढी आउने, सोलारको प्रयोग गर्नु पर्ने, बिभिन्न समान मर्मत गर्नुपर्ने लगायतका समस्या देखाउदै शुल्क घटाउन नसक्ने बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जानका केसीको अडान छ ।

प्रदेश सरकार, प्यूठान नगरपालिका, र बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता समितिको त्रिपक्षिय समझदारी भएको हुँदा यसको व्यवस्थापनमा बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता समितिको जिम्मा रहेकाले शुल्क घटाई स्थानीयलाई पानी बितरण गर्न प्यूठान नगरपालिका वडा नं. ७ का बडा अध्यक्ष नेत्र बहादुर केसीले आग्रह गर्नुभयो । लागत असुलि संग सम्बन्धीत लिफ्ट खानेपानी आयोजना समयमै व्यवस्थापन गर्न नसकेमा १ करोड बजेट बालुवामा पानी खन्याए जस्तो हुन सक्छ त्यसैले स्थानीय संग छलफल गरी यस्को निकास निकाल्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group