September 23, 2021

Asian Khabar

Online News Portal

एनआरएनए उपाध्यक्ष केसी र महासचिव शर्माद्धारा विधानको अपव्याख्या, आाफ्नो कमजोरी र बदनामी लुकाउन सरकार र दलहरुलाई दोष

काठमाडौँ–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वमा रहेका केही पदाधिकारीहरुको हरकतले गर्दा संस्था चर्को विवादमा तानिएको छ । उपाध्यक्ष बद्री केसी र महासचिव हेमराज शर्माले विधानको अपव्याख्या गर्दै संस्था कब्जा गर्न लागि परेपछि वाध्य भएर ज्यादतीविरुद्ध संघकै अभियन्ताहरु उभिएका छन् । विधान समितिको नाममा पदाधिकारीहरुलाई अलमल्याउँदै आएका शर्मा संस्थामा महासचिवको भूमिकामा आएदेखि संस्थालाई तहसनहस पार्न कुनै कसुर बाकी राखेका छैनन । अध्यक्ष पन्तको भलादमीपनको फाइदा उठाउदै केसी र शर्माले एनआरएन अमेरिकालाई गत दुई वर्षसम्म लगातार दुख दिए ।

एनआरएनएको निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएपछि अहिले एनआरएन बृतमा तरङ्ग मच्चिएको छ । एनआरएनएको प्रतिनिधि छनौटमा विवाद भएपछि एनआरएनए केन्द्रिय समितिलाई निर्वाचन रोक्न परराष्ट्रले पत्राचार गरेपछि एनआरएनहरुभित्र यस बिषयमा चर्चा बढेको छ । पूर्व सचिब जानकी गुरुङ, एनआरएनए अमेरीकाका सल्लाहकार वेद प्रसाद खरेल, कतारका मानार्थ सदस्य नवराज ओली (शनी)ले मन्त्रालयमा महाधिवेशन रोक्न निवेदन दर्ता गराएका थिए ।

निवेदनमा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विधानविपरित भएको दाबी गर्दै आगामी अक्टुबर २३, २४ र २५ मा हुन लागेको संघको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न एनआरएनए आइसीसीसमेतका नाममा निर्देशन माग गरिएको थियो । केही देशमा चुनाव जितेर आएको नयाँ कार्यसमितिलाई शपथ ग्रहण गर्न नदिन उनीहरुले अन्तिम अवस्थासम्म षडयन्त्र गरेका थिए । तर, त्यो सफल हुन सकेन । हचुवाका भरमा एनआरएनएमा ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत प्रतिनिधि चयन गर्ने प्रस्ताव ल्याएर शर्माले विधानलाई नै तोडमोड गरे ।

वर्तमान कार्यसमिति भन्नाले २०२१–२३ का लागि निर्वाचित कार्य समिति हुनुपर्नेमा उनले विधानको अपव्याख्या गर्दै निवर्तमान कार्य समितिलाई नै ६५ प्रतिशत प्रतिनिधि छानेर पठाउन सर्कुलर गरे । कतिपय निवर्तमान कार्यसमितिहरुले प्रतिनिधि छनोटमा एकलौटी गरे पछि वाध्य भएर अहिले संघकै अभियन्ताहरु परराष्ट्र मन्त्रालय पुगेका छन ।डेलीगेटस सम्बन्धी उक्त विधान पारित नै गलत प्रक्रिया र मनसायबाट भएको थियो । ३ हजार बढी प्रतिनिधिले पारित गर्नुपर्ने अधिवेशनमा ३०० जना सदस्य अट्ने जुममार्फत पारित गराउने काम भएको थियो । शर्माको निर्देशनमा संचालित केन्द्रीय सचिवालयमार्फत एमआइएस सिस्टमलाई नै दुरुपयोग गरेर चुनाव नै प्रभावित पार्ने काम भएका घटनाले जापान, चिली, बेल्जियम लगायत धेरै मुलुकमा मुद्दा र छानबिन चलीरहेका छन ।

एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै २४ भदौमा ३ प्रतिनिधिले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेका थिए ।मन्त्रालयले एनआरएनएमा पछिल्लो समय बढ्दो डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । आइतबार बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष केसी र महासचिब शर्माले भने बैठकमा ठाडो राजनीतिक हस्तक्षेप गरिएको भन्दै कानुनी लडाई लड्ने चेतावनी दिएका थिए ।

तर अध्यक्ष पन्तले सरकार विरुद्ध मुद्दा मामिला गर्दा राम्रो मेसेज नजाने भन्दै आफु छिट्टै काठमाडौँ गएर मन्त्रालयसँग वार्ता गर्ने बताएका थिए । त्यस पछि शर्माले उपाध्यक्ष केसी निकट केहि मिडियामा अध्यक्ष पन्त विरुद्ध नै समाचार प्रकाशित गराएका छन । संस्थामा बिवाद आउनु र बदनामी हुनुमा शर्मा र केसीको मिलेमतोमा आइएलओको रकम घोटाला, संघमा उठेको कोरोना कोषको घोटाला , डाटा दुरुपयोग , चुनावी प्रक्रिया नै प्रभावित पार्ने खेल हुनथालेपछि बिश्वभरका अभियन्ताहरूको उजुरी र गुनासोको बढेर गैर आवासीय नेपालीहरूकै बदनामी हुनथाले पछि सरकारले बाध्य भएर पत्र काटेको पररास्ट्र स्रोतले बताएको छ । उक्त पत्रपछि एनआरएनएमा हलचल मच्चिएको छ । अहिले एनआरएनएका धेरै अभियन्ताहरुले बार्ताबाट नै समस्या समाधान गर्नुपर्ने बताइरहदा केसि र शर्मा भने धमिलो पानीमा माछा मार्ने कोशिष गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group