October 16, 2021

Asian Khabar

Online News Portal

प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन । एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको न्यौपानेले बताए ।

न्यौपानेले २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र आफ्नो केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाइसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया र मध्यपुर्वका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलता पुर्वक रुपमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता न्यौपानेले व्यक्त गरेका छन । न्यौपानेले आजसम्म सबै साथिहरुको माया, साथ, सुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचीवमा पनि अत्याधिक मतले विजयी गराई ऐतिहासिक सफलतालाई निरन्तरता दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गरेका छन ।

मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा ठुलो लगानी गरेका न्यौपाने सफल व्यवसायी हुन । एसिया प्यासिफिकबाट आइसीसी सचिव पदका लागि न्यौपाने साझा तथा एक्लो उम्मेदवार भएकोले विजय नजिक रहेको एनआरएनए अभियन्ता हरु बताउँछन । न्यौपानेलाई एशिया प्याशिफिक र मध्यपुर्वबाट राम्रो सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group