April 15, 2021

Asian Khabar

Online News Portal

राष्ट्रिय एकता मञ्चको अध्यक्षमा विजेन्द्रलाल जोशी निर्विरोध चयन

काठमाडौं । राष्ट्रिय एकता मञ्चको अध्यक्षमा फेरि पनि विजेन्द्रलाल जोशी चयन भएका छन् । कानुनका ज्ञातासमेत रहेका जोशी पार्टीको दोस्रो महाधिवेशनमा पनि अध्यक्षमा चयन भएका हन् । राजनीतिक अभियानसँगै जनताका हरेक विषयलाई संवैधानिक र कानुनी ढंगले उठाउँदै आएका जोशीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो । भर्खरै सम्पन्न निर्वाचनमा उपाध्यक्षमा सोम बहादुर राजभण्डारी, सचिवमा किरण जोशी, सहसचिवमा राखिन्द्र कुमार थिङ र कोषाध्यक्षमा बलभद्रमान सिंह रहेका छन् ।

त्यस्तै सदस्यहरुमा जीवनबहादुर थापा, सुधनराज मानन्धर, रामबहादुर पाइजा, सागर प्रधान, बाबुराजा महर्जन, बाबुराम खत्री छेत्री, रवीन्द्रबहादुर श्रेष्ठ, अञ्जली श्रेष्ठ, लक्ष्मी गौतम, साधनाकुमारी शाह, मिरादेवी कुँवर र सरिता पाण्डे रहेका छन् । अध्यक्षले १६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।अध्यक्ष जोशीले आफूलाई प्रमुख राजनीतिक दल हौं भन्नेले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले पार्टीले हिजोको दिनमा पनि जनताको जनजीविकाको पक्षमा बोलेको भन्दै आगामी दिनमा पनि यस्तै आवाज उठाइरहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group