July 27, 2021

Asian Khabar

Online News Portal

तारकेश्वरमा फेरि उदायो एमाले, राज्यमन्त्रीद्धारा पार्टी कार्यालयको उद्घाटन

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ४ मा आज नेकपा एमालेको कार्यालय उद्घाटन गरिएको छ ।शहरी विकास राज्यमन्त्रीसमेत रहेका एमालेका नेता रामबीर मानन्धरले एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरेका हुन् । सर्वोच्च अदालतले फाल्गुण २३ गते नेकपा विभाजन गराएर एमाले र माओवादीलाई अलग अलग पारेपछि एमालेले देशैभर आफ्नो संगठन विस्तारसँगै कार्यालय सञ्चालन गर्दै आएको छ । यो नगरपालिकामा सबैभन्दा पहिले यो वडा समिति कार्यालय स्थापना गरिएको वडा कमिटी अध्यक्ष हरीप्रसाद अधिकारीले जनाएका छन् । अध्यक्ष अधिकारीले कार्यालय उद्घाटन गरेपछि पार्टीको गतिविधि गर्न थप सजिलो भएको स्पष्ट पारेका छन् ।

‘पार्टी नयाँ रुपमा आएपछि त्यसै अनुसारको गतिविधि गर्नुपर्ने भएको छ त्यही अभियान अन्तर्गत पार्टी कार्यालय स्थापना गरेका हौं’ अध्यक्ष अधिकारीले भने ‘एमालेको संगठन देशैभर राम्रो छ त्यसलाई जोगाएर राख्न सकेमात्र पार्टीले आगामी दिनमा राजनीतिमा नयाँ फड्को मार्ने छ ।’ वडा कमिटी कार्यालयको उद्घाटन गर्दै नेता मानन्धरले पार्टीले जनताको पक्षमा काम गर्दै गएको बताए । स्थानीय क्षेत्रका प्रतिनिधिसभाका सांसदसमेत रहेका मानन्धरले एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका खेल भए पनि त्यसले कुनै असर नपार्ने पनि स्पष्ट पारेका छन् । नेता मानन्धरले आफ्नो क्षेत्रमा विकास निर्माणको गति तिव्र भएको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group