July 27, 2021

Asian Khabar

Online News Portal

नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ, ३ चैत । नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।महासङ्घको भर्खरै सम्पन्न चौँथो साधारण सभा तथा दोस्रो महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, उपाध्यक्षत्रयमा पूर्णचन्द्र पोखरेल, बसन्तप्रसाद भुसाल र धर्म बस्याल, महासचिव सुरेश खत्री, उपमहासचिव फणिन्द्रप्रसाद भट्ट, सचिव महेशराज पौडेल र यादवलाल श्रेष्ठ, कोषाध्यक्ष सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित हुनुभएको छ ।

यस्तै, प्रदेश १ को संयोजकमा धर्मेन्द्र श्रेष्ठ, प्रदेश २ को संयोजकमा दुर्गानन्दप्रसाद शाह, बागतमी प्रदेशमा उत्तमराज विष्ट, गण्डकी प्रदेशमा निलकण्ठ पोखरेल, लुम्बिनी प्रदेशमा चक्रपाणी शर्मा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मदनबहादुर खड्का र केन्द्रीय सदस्यमा मोहनदेव नाथ र सुरेशमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।निर्वाचित नयाँ कार्यसमितिले हेभी इक्विपमेन्ट क्षेत्रमा देखिएको समस्या समाधानका लागि लाग्ने महासचिव सुरेश खत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group