July 27, 2021

Asian Khabar

Online News Portal

कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण

२७ फागुन, काठमाडौं । कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण गरिएको छ ।नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच देवकोटाका ४ कृतिहरुको लोकार्पण गरिएको हो ।प्रलयको शंखघोष, सुभाषित पद्यमाभुतम, हितैषि कुरा र मेरो देश सहितका ४ कृतिहरु एकैपटक बिमोचन गरिएका हुन् ।कवि जनार्दनशरण त्रिपाठीलाई रमेश गंगा श्रष्टासम्मान अर्पण गरिएको उक्त कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्य लगायतका वक्ताहरुले कवि र कृतिका बारेमा चर्चा गरेका थिए । कवि रमेशचन्द्र देवकोटा योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाका बुवा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group