July 27, 2021

Asian Khabar

Online News Portal

महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता

1 min read

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल र सदस्य सीताराम रेग्मी सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसंग भेट गरेको छ । मन्त्रालयमा भएको सो भेटका क्रममा ढकाल नेतृत्वको सो प्रतिनिधी मण्डलले निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइयो ।

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि बाहिरिने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपमुलक तालीम तत्काल संचालन गर्न आवश्यक रहेको बताए । सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group