March 5, 2021

Asian Khabar

Online News Portal

पूर्व राज्यमन्त्री खड्काले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेललाई नेपाली काँग्रेसले अवलम्बन गर्दै अगाडि बढाएको उल्लेख

संखुवासभा, ८ माघ । नेपाली काँग्रेसका नेता दिपक खड्काले काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको बताउनुभएको छ । हाङथुङ युवा क्लब संखुवासभाले मादी मूलखर्कमा आयोजना गरेको जिल्लास्तरिय फुटवल प्रतियोगिताको आज समापन गर्दै उहाँले खेलकुद क्षेत्रमा हुने भ्रष्टचारको अन्त्य नभएसम्म मुलुकको खेलकुद क्षेत्र अगाडि बढ्न नसक्ने बताउनुभएको हो । “संखुवासभालाई खेलकुद प्रतियोगिताको जिल्ला बनाउन मैले पहल गरिरहेको छु,”–उहाँले भन्नुभयो । पूर्व राज्यमन्त्री खड्काले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेललाई नेपाली काँग्रेसले अवलम्बन गर्दै अगाडि बढाएको उल्लेख गर्नुभयो ।

 

क्लबका अध्यक्ष असिम जिमीको सभापतित्वमा भएको खेलकुद प्रतियोगिता फागुन ४ मा सुरु भई आज सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा संखुवासभाका १० फुटवल टिमको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा नवयुवा क्लब आँखीभुई प्रथम भएको थियो । प्रथमसँगै उक्त क्लबले रु एक लाख नगदसहित मेडल प्राप्त गरेको छ भने दोस्रो टिमले रु ५५ हजार नगदसहित मेडल प्राप्त गरेको काँग्रेसका युवानेता सन्दीप निरौलाले जानकारी दिनुभयो । कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति दिपक लिम्बु, काँग्रेस नेता रामकुमार जिमीलगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group