March 5, 2021

Asian Khabar

Online News Portal

हरहिसाब माग्दा कर्मचारीले ताण्डव देखाएको फेसियल हाउसकी संचालक महराको दाबी

काठमाडौं– आफुले हरहिसाब माग्दा गजडी कर्मचारीले ताण्डव देखाएको फेसियल हाउसकी संचालक सुस्मा महराले बताएकी छिन् । हेटौडा निवासी मुकेश पाण्डेले २०७५ साल फाल्गुण ५ गते दुइलाख एडभान्स समेत लिएर पोखरा ब्राच सम्माल्छु भन्दै हिडेको तर पोखरामा गाजा खाएर रल्लिने र महिला स्टाफलाई यौन दुर्व्यवहार गरेको भन्ने गुनासो आउन थाले पछि महराले आफ्नो कम्पनीकै बेईज्जत हुने ठानेर एक महिनामा नै काठमाडौं ब्राचमा नै काम लगाएर राखेको महराको भनाई छ ।

महराका अनुसार मुकेशले काठमाडौं ब्रान्चमा पनि काममा नै नआई कहिले भाई मर्यो , कहिले जग्गाको मुद्धा छ भन्ने वाहानामा काममा नै नआउने गरेका थिए, तर पछील्लो केहि महिना लगातार आएर काम गर्न थाले ।उनी भन्छिन् ’उसको नियत अर्कै रहिछ माघ १३ गतेमात्र थापायौ, फेसल हाउसमै काम गर्ने अन्य स्टाफहरुबाट ७ हजार उठाउदै ट्रेनिङ दिदै ट्रेनिङ सकिएपछी ४० ,५० हजारको जागीर लगाई दिन्छु भनेर लगिरहेको रहेछ’ । महराले थप्दै भनिन ’यस पछि हामीले तुरुन्तै स्पस्टीकरण लिएर एडभान्स बापतको रकम फिर्ता गर्न र हरहिसाब फरफारक गर भनेर सुचना नै जारी गर्यौ, तर उल्टै मिडिया वाजिगर्ने कार्यगरी रहेको छ’ । ‘जुन प्रयोजनका लागि रकम लिएको हो सो प्रयोजनका लागि काम गर्न नसकेपछि मुकेश पाण्डेले कागज गरेर लगेको पैसा फिर्ता गर्नुपर्छ कि पर्दैन ? तपाईं नै भन्नुस्’ महराले आफ्नो कुरा राख्दै भनिन । अब आफु कानुनी उपचारमा जाने पनि उनले बताईन् ।साभार: क्रप्रोरेट नेपाल खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group