ट्रम्पलाई महाभियोग प्रस्ताव : संविधानको २५ औं संशोधनले बाइडेन नै सिकार हुने ट्रम्पको प्रतिक्रिया, पेन्सको साथ

BETHPAGE, NY - APRIL 06: U.S. Republican presidential candidate Donald Trump says "you are fired" as he speaks to supporters during a rally on April 6, 2016 in Bethpage, New York. Front-running Republican candidate Trump will address supporters on the heels of a potentially damaging loss in the Wisconsin primary. (Photo by VIEWpress/Corbis via Getty Images)
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई महाभियोग लगाउनका लागि गर्न लागिएको संशोधनबाट शुन्य जोखिम रहेको बताएका छन्। अमेरिकी सिनेटमा उनीमाथि महाभियोग प्रस्ताव भइसकेको छ। स्थानीय समयअनुसार बुधवार ट्रम्पमाथि लागेको महाभियोग प्रस्तावमा मतदान हुनेछ।अमेरिकी सिनेटमा ट्रम्पको उक्साहटमा प्रदर्शनकारी प्रवेश गरी भाँडभैलो मच्चाएका थिए। सोही कारण देखाउँदै ट्रम्पलाई डेमोक्रेट्सले महाभियोगको प्रस्ताव सदनमा लगेको हो।
यही विषयमाथि टेक्सासमा पहिलो प्रतिक्रिया दिँदै ट्रम्पले आफूलाई संविधानको २५ औं संशोधनले आफूलाई कुनै जोखिम नरहेको बरु यसले जो बाइडेन र उनको प्रशासन सिकार बन्ने उनको दाबी थियो। जनवरी २० मा बाइडेन ह्वाइट हाउस प्रवेश गर्दैछन्।अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग सहित हटाउनका संसद तयार रहेको बताएकी छिन्। उनले उपरराष्ट्रपछि माइक पेन्सले राष्ट्रपतिलाई नहटाए संसदबाट राष्ट्रपतिलाई हटाउने विषयमा प्रक्रिया सुरु गर्ने बताएकी थिइन्।
संसदको प्रस्तावले पेन्सलाई २४ घण्टा भित्र कदम चाल्न अनुरोध गर्ने छ। यदि उनले राष्ट्रपति ट्रम्पलाई हटाउने २५ औं संशोधन प्रयोग नगरे संसद राष्ट्रपतिमाथि महाअभियोग तर्फ अगाडि बढ्ने छ। यो संशोधनमाथि स्थानीय समयअनुसार मंगलवार मतदान हुने बताइएको थियो। यता उपराष्ट्रपति पेन्सले आफूले २५ औं संशोधनका लागि आग्रह नगर्ने स्पष्ट पारेका छन्। २५ औं संशोधनपछि मात्र महाभियोगको प्रस्तावमा मतदान हुने बताइएको छ।