January 21, 2021

Asian Khabar

Online News Portal

डेरी एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै हुने

1 min read

काठमाडौं, २८ पौष -आज बसेको नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको भर्चुअल बैठकले कोरोना भाईरस (कोभिड–१९) का कारण समयमा सम्पन्न हुन नसकेको एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने निर्णय लिएको छ । सो बैठकले माघ महिनामा बस्ने केन्द्रिय कमिटीको बैठकले स्थान र समय तोक्ने निर्णय पनि लिएको हो ।

साथै बैठकले गत पुस २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार कृषि क्षेत्रमा वैदेशिक लगानी आउने कुरा अत्यन्तै दुःखद भएकोले त्यसको घोर विरोध गर्ने र चरणवद्ध रुपमा एसोसिएसनका सातै प्रदेश, जिल्ला समिती, पालिका स्तरमा विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ । एसोसिएसनको २२औं स्थापना दिवस आउँदो माघ ७ गते सातै प्रदेश, जिल्ला एवं क्षेत्रमा भव्य तरिकाले गत सालको जस्तै आश्रम, बालगृह, विद्यालय, हस्पिटल एवं अन्य विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने र एसोसिएसनको आगामी बैठक माघ महिनाको दोश्रो हप्तामा बस्ने निर्णय भएको कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.