July 27, 2021

Asian Khabar

Online News Portal

आजको राशिफल

1 min read

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मुद्दा मामिलामा सफलता प्राप्त होला, शत्रुहरु सेलाउदै जालान, स्वास्थ स्थिति सबल हुनेछ, संचित धनमा पनि वृद्धि होला| आजको दिन तपाइको मनोबल पनि वृद्धि होला|

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – स्वास्थमा सुधार होला, धर्ममा रुची होला, आर्थिक दृष्टिले पनि आजको दिन राम्रो होला, साझेदारी ब्यबसायमा लाभ होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला |

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – स्वास्थ्यमा सुधार होला, पशुपालन तथा पेसा ब्यबसायमा प्रगती तथा लाभ होला, पठनपाठन तथा बौद्दिक कार्यमा प्रगति होला तरपनि कुनै राम्रो कार्यमा धन खर्च होला|

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आजको दिन नोकरी तथा जागिर बाट तनाब होला, अनाबश्यक धन खर्च हुनाले अशान्ति होला, तरपनि मध्यान्नतिर बाट अध्ययन अध्यापनमा रुची बढ्नेछ, कुनै पनि नया स्थानको भर्मण होला|

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आजको दिन हरेक कार्यमा साबधानी अपनाउनुपर्ने देखिन्छ, संतानपक्षको साथ र सहयोगले आजको दिन मन प्रसन्न रहला, धन मान तथा प्रतिष्ठामा वृद्धि होला|

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – आजको दिन अनेक प्रकारका लाभहरु प्राप्त होलान, पूर्ण नभएका मनोकामनाहरु पूर्ण हुनेछन, धार्मिक तथा सामाजिक कार्यमा मन जानाले पबित्र तिर्थस्थलहरुको यात्रा होला |

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – आजको दिन दुष्ट व्यक्तिको संगतले अपमानित हुनुपर्ला, सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ, परिवार तथा सन्तानको स्वास्थ्य समस्याको कारण धन खर्च होला |

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – नया कामकाजको सुरुवात होला, सम्पतिमा वृद्धि हुनुको साथै मांगलिक कार्यहरु सम्पन्न होलान, आजको दिन व्यापार व्यवसायबाट राम्रो हुनाले चारैतिरबाट सम्मान प्राप्त होला |

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – आजको दिन धन प्राप्तिको योग रहेको छ, तपाइको बोलि र व्यक्तित्वको कारण सबैको प्यारो बनिएला, बैदेसिक यात्राका अबसरहरु आउनेछन, जोश र जागर बढ्नाले कामहरु सम्पन्न होलान|

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – तपाइको हिम्मत र पराक्रमको चर्चा चारैतिर हुनेछ, धार्मिक कार्यमा मन जाला, धन प्राप्तिको पनि योग रहेको छ, तरपनि दिउसोतिर हातमा समस्या आउनेछ|

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला, आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ|

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) -आजको दिन पढाईलेखाईतिर मन जाने हुनाले कुनै रचनात्मक क्रियाकलाप गरिएला, लेख्रचानको कारणले तपाइको व्यक्तित्वमा निखारता आउला, धनमान तथा यश वृद्धि गराउला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group