January 21, 2021

Asian Khabar

Online News Portal

जन आकाश राष्ट्रिय सम्मानको २०७८ साहित्य बिद्यातर्फ छनौट समिति चयन

1 min read

काठमाडौं । जन आकाश राष्ट्रिय साप्ताहिकले प्रत्येक बर्ष गदै आएको राष्ट्रिय सम्मान २०७८ साउन ३१ गतेको लागि जन आकाश साहित्यिक वाङमय सम्मान बिधातर्फ मुल्याङकन, छनौट समिति चयन गरेको छ । आज चण्डोलस्थित ग्रीन हन्ट क्याफे एण्ड ब्याङक्यूटमा मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यिय छनौट समिति चयन गरेको हो । समितिमा दुर्गा अधिकारी भमरकोटेः सुसेली लय कविता र अन्य त्रिपदी रचनातर्फ, रुद्र अधिकारी मुक्तक तथा अन्य कवितात्मक बिद्यातर्फ, तिलक प्रसाद लुईटेल गद्य साहित्यका विधाहरु, डिल्ली प्रसाद मुलतिहुन छन्दोबद्ध कवितातर्फ, तिला लेकाली गजल तथा गद्य कविता तर्फ रहेका छन् । बिषयगत बिधातर्फ सोजै बिषयबिज्ञको ईमेलमा पनि सम्पर्क गर्न सकिने गरी सार्वजनिक गरेको छ ।

  • सुसेली लय कविता दुर्गा अधिकारी भमरकोटेः durga834@aol.com
  • मुक्तक तथा अन्य कवितात्मकः रुद्र अधिकारी Rudraadhikari52@gmail.com
  • गद्य साहित्यका बिधाहरुः तिलक प्रसाद लुईटेलः tilakpluitel@gmail.com
  • छन्दोबद्ध कविता डिल्ली प्रसाद मूलतिहुनः jana.news2065@gmail.com
  • तिला लेकाली गजल तथा गद्य कविताः jana.news2065@gmail.com

बिगतमा साहित्य क्षेत्रका बिज्ञहरुसँग सल्लाह गरेर साहित्यकारहरुलाई दिदै आएको साहित्यिक राष्ट्रिय सम्मानलाई यो बर्षवाट बिषय बिज्ञहरुको मुल्याङकन छनौट समितिले सिफारिस गरेका नामहरुलाई दिने र निकट भबिष्यमा यस कार्यलाई संस्थागत गदै अझै उत्कृष्ट बनाउने जन आकाश मिडियाको निर्णय अनुसार यो पहिलो समिति चयन भएको जन आकाश मिडियाले जनाएको छ ।जन आकाश राष्ट्रिय सम्मानमा १५ बिधा रहेका थिए ।

भने यो बर्षवाट बिधालाई बढाएर साहित्यिक वाङमयतर्फ नै १५ र अन्य तर्फ गरेर १५ गरी जम्मा ३० बिधाका ब्याक्तित्वहरुलाई सम्मान गरिन लागेको जन आकाशका अध्यक्ष मोहन कार्कीले बताएका छन् । कार्कीले थप्दै भने नेपालका नेपालीले आफ्नो स्वार्थभन्दा माथि उठेर आफ्नो देशमा बसेर गरेका काम र देशको लागि पु¥याएको योगदानको मुल्याङकन होस भन्ने उदेश्यले २०७४ सालमा जन आकाशले १० औं बर्ष प्रवेश गरेको उपलक्ष्मा र क्यानसरवाट मृत्यु भएका बुवा आमाको सम्झानामा शुरु गरेको जन आकाश राष्ट्रिय सम्मान प्रत्येक बर्ष हुदै आएको छ । गएको बर्ष २०७७ मा कोभिडको संक्रमण फैलने डरका कारण हुन सकेको थिएन ।

जन आकाश र मोहन कार्कीको बारेमा: २०५६ सालमा काठमाडौ आई पत्रिका बेचेर नन्दीरात्रि माविमा पढेका कार्कीले एसएलसी पास गरी पत्रकारिता बिषय नै पढेर पत्रकारिताको क्षेत्रमा सके राम्रो गरौ नसके नराम्रो नगरौं । पार्टी, वाद, तन्त्रभन्दा माथि उठेर राष्ट्रिय भावनाले ओतप्रोत भई पत्रकारिता गरौं । भन्ने उदेश्य राखि छुट्टै खालको पत्रकारिताको अभ्याश गर्ने पहिलो पत्रकार हुन् । नेपालमा पत्रकार देख्ने बित्तिक्कै अनेक खालका आखाँले हेर्ने समाजलाई कार्कीले छुट्टै खालको वातावरण दिन अग्रसर देखिन्छन् । तर नेपाली समाजमा यस्तो सकरात्मक सोचको बिकास भईनसकेको हुनाले प्रयोजित पत्रकारिता नै हावी भएको कार्कीको बुझाई छ । तर शुरुवात गरेपछि ढिलो चाडोे सकरात्मक बिचार र तथ्यको पक्षमा राष्ट्र पुग्छ भन्नेमा बिश्वस्त रहेको कार्कीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.