January 21, 2021

Asian Khabar

Online News Portal

शुलभ कर्जाका लागी व्याजमा कृषकलाई अनुदान दिदै

लोकेन्द्र सुनार, प्यूठान जागरण
कात्तिक, २५ । जिल्लामा राम्रो काम गर्ने कृषकलाई प्रोसाहन हुने गरी सुलभ कर्जा फलदायी हुने जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले बताउनु भएको छ । मंगलबार एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले बैक तथा बीमा कम्पनी संग शुलभ कर्जा तथा व्याजमा दिने अनुदान कार्यक्रम बारे एक दिने गोष्ठिमा आचार्यले कृषि क्षेत्रको बिकासमा दिगोपन आबस्यक रहेको औल्याउदै जिल्लाका कृयाशिल कृषकलाई यस्तो कार्यक्रमले ठूलो सहयोग मिल्ने बताउनु भएको थियो ।

सुलभ कर्जा कृषिको क्षेत्रमा काम गर्ने कृषकलाई लगानीको खुट्टा भएको जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापाले बताउनु भएको थियो । थापाले सबै मिलेर कृषि क्षेत्रको बिकासमा सहजीकरण गर्नु पर्ने बताउनु भयो । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानका प्रमुख डा.उत्तम आचार्यले जिल्लामा व्यवसायीक कृषिमा लाग्नेलाई कार्यालयले सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै कृषकहरुलाई सुलभ कर्जाका लागी बैक तथा बित्तिय संस्थामा सहजीकरण गर्न लागेको बताउनु भएको छ ।

साथै यूबाहरुलाई कृषि पेशामा आकर्षित गरि स्वरोजगार गराउन पहल गरीने बताउनु भएको थियो । सुलभ कर्जा सहजकर्ता निरज घिमिरेले कृषि व्यवसाय गर्न इच्छुक कृषक, उद्यमी, फर्म, कम्पनी, कृषक समुह, तथा सहकारीको छनोट गरी १ लाख देखी १ करोड सम्मको व्याज अनुदान उपलब्ध गराउने जानकारी दिनुभएको थियो ।

जिल्लाका बैंक प्रबन्धक प्रमुख, पत्रकार, इन्स्योरेन्स प्रमुख लगायतको उपस्थितीमा कार्यक्रम खंलगामा गरिएको थियो । बैंक, कृषकहरु तथा अन्यको उपस्थितीमा अन्तरकृया गरी कार्यक्रम कार्यान्वयमा लैजाने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.