April 16, 2021

Asian Khabar

Online News Portal

कलाकार दिनेशले ल्याए मन छुने गीत (रुवायौं साइली)

लोकेन्द्र सुनार
कात्तिक, १९, प्यूठान । कलाकार दिनेश परियारको स्वर तथा संगीतमा रुवायौं साइली बजारमा दिनेश परियार अफिसियल यूटुब च्यानल मार्फत सार्बनिक गरिएको छ । प्यूठानमा जन्मिएर हाल काठमान्डौलाई कर्म थलो बनाएका परियार संगीतको बिद्यार्थी हुनु हुन्छ ।

गीतको सिर्जना, स्वर, एरेन्ज कलाकार दिनेश परियारको रहेको छ । यस्तै अन्य कलाकारमा मादल खडक बुढा, सारङ्गी धर्म गन्धर्व, बासुरी गोपाल देब, गीतार संन्जिब बराली, मिक्सीङ्ग कुमार राना, रेकडिक्स सुमन राना र कुमार राना रहेको गीत मारुनी डिजिटल स्टुडियो मार्फत तयार गरिएको छ ।

गीतको भिडियोमा दिनेश परियार र पीएन साइलालाई देख्न सकिन्छ । परियार प्यूठान नगरपालिका वडा नं.८ मा स्थायी घर भई हाल संगीतको क्षेत्रमा काठमान्डौमा सघर्ष गरि रहनु भएको छ । परियारको यो पहिलो गीत नै उकृष्ठ रहेको कतिपयको भनाई छ ।
गीतको भिडियो निर्देशन बिज्ञान आरबीएन, छायाङ्कन बिशाल थापा र इडिटिङ सनम मगरको रहेको छ । गीतको सुटिङ्ग भक्तपुरको पाइलट डाडामा गरिएको परियारले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group