January 18, 2021

Asian Khabar

Online News Portal

मल्लरानीका जनप्रतिनिधिले चाडवार्ड वापतको २ लाख ६२ हजार सुबिधा नलिने निर्णय

लोकेन्द्र सुनार
प्यूठान जागरण, कात्तिक १४ । मल्लरानी गाउँपालिका प्यूठानका सबै जनप्रतिनिधिले चाडवार्ड वापतको पाउने सुबिधा नल्याउने निर्णय गरेका छन् । १२ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयबाट चाडवार्ड वापतको अध्यक्षले पाउने १५ हजार, उपाध्यक्ष र वडा अध्यक्षले पाउने १२ हजार, कार्यपालिका सदस्यले पाउने १० हजार, गाउँसभा सदस्यले पाउने ७ हजार नल्याउने भएका हुन ।

सबै जनप्रतिनिधिको सुबिधा जम्मा गर्दा हुन आउने २ लाख ६२ हजार रकम गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष तथा कोरोना खर्चमा लैजाने गरी सुबिधा नलिएको गाउँपालिका अध्यक्ष अमरध्वज राना मगरले बताउनु भयो ।

गाउँपालिकाका २९ जना जनप्रतिनिधिहरुले सहमति गरी प्रकोप कोषमा राखी गाउँपालिकाको आर्थिक व्यवस्थापनमा केही भए पनी राहात होस भन्ने उद्धेश्यले सुबिधा नलिने निर्णय भएको अध्यक्ष मगरले बताउनु भयो । कोरोना माहामारीको समयमा गाउँपालिकाका जनप्रतिनिधिले आफुहरुले पाउने चाडवार्ड सुबिधा नल्याएर प्रकोप कोषमा जम्मा गर्ने निर्णय निकै स्रहानिय रहेको स्थानीयको भनाई छ ।

ययरी जनप्रतिनिधिले सरकारबाट पाउने करौडौ सुबिधा सामाजिक कार्य तथा सरकारको दैबिक बिपत कोष, लगायतका कोषमा सहयोग गर्न सकेमा सरकारको आर्थिक व्यवहारमा केही राहत मिल्ले कतिपयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.