April 16, 2021

Asian Khabar

Online News Portal

नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा : जिसी चयन

प्युठान, असोज २९ । नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा रिखिराम जिसी चयन हुनुभएको छ । समाजको २८ गते भएको दोस्रो साधारण सभाले जीसीको संयोजकत्वमा समिती गठन गरेको हो । जसको उपसंयोजकमा राजेश बुढा मगर, सचिवमा शिवराज भुसाल, उपसचिवमा पदम के.सी, कोषाध्यक्षमा आर्जु के.सी र सदस्यहरुमा अनिल के सी, गिर बहादुर पच्छाई, अमित थापा मगर, उमेश घर्ती र कमल घर्ती चयन हुनु भएको छ ।

यस्तै सल्लाहकारमा मदन कुमार पुन मगर चयन हुनु भएको छ नव र्निबाचित संयोजक जिसीले बताउनु भयो । जिल्लाको क्रीकेट विकासमा सरोकारवाला निकायहरु सङ्ग सहकार्य गरेर अगाडि बढ्ने संयोजक जीसीले बताउनुभयो । यूवाहरु पछिल्लो समयमा क्रिकेट खेल तर्फ आर्कषित भएको तर सरोकारवाला निकाय राज्यले यसमा त्यति ध्यान दिन नसकेको मा खेलाडी यूवा अझ उत्साहित हुन नसकेको जिसीले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group