July 27, 2021

Asian Khabar

Online News Portal

मनोसामाजिक सहायतामा स्थानीय सरकार संग समन्वय गरीने : मन्त्री बराल

थानेश्वर अधिकारी 
असोज, २० कपिलबस्तु । ५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले पहिल्ला दिनमा आत्मा हत्याका घटना बढ्दै गएको चिन्ता प्रकट गदै प्रदेश सरकारले यसको न्यूनिकरणका लागी बिभिन्न संस्था समुदाय, व्यक्ति संग सहकार्य गरेर जाने बताउनु भएको छ ।
गएको असोज ७ गते देखि १६ गते सम्मको १० दिने मनोसामाजिक परामर्श कर्तालाई दिएको भर्चुवल तालिम समापन गदै मन्त्री बरालले कोरोना भाइरस पछि समाजमा झनै समस्या देखिन थालेकाले मनोसामाजिक कार्यकर्तालाई आफुले सिककेका कुरा समाजमा गएर स्थानीय तह संग समन्वय गरी काम गर्नुपर्ने बताउनु भएको हो । स्थानीय सरकार संग मन्त्रालयले मनोसामाजिक कार्यकतालाई काम गर्ने बाताबरण बनाउन आबस्यक पहल गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सामाजिक महाशाखा प्रमुख शारदा बस्यालले सबै मिलेर समाजमा परेका अप्ठारा परिस्थीतिमा जुटन पर्ने आबस्यकता औल्याउनु भएको थियो । बस्यालले समस्या लुकाएर नराखी सम्बन्धीत ठाउँसम्म कतिपय परामर्श नै नहुँदा मानिसमा ठूला ठूला समस्या देखा पर्ने बताउनु भयो ।

यूएन एफ पिएका क्षेत्रीय प्रमुख राम थापाले आफुहरुले मनोसामाजिक परामर्शको क्षेत्रमा पहिला देखिनै काम गदै आएको हुँदा पछिल्लो समयको घटनालाई नियालेर हेर्दा आत्मा हत्या, हत्या हिंसा बढेको बताउनु भयो । उहाँले भन्नुभयो यस्ता कृयाकलाप समाजमा दैबिक प्रकोट, गरिबी, घरायसी कलह लगायतका कुराहरुले बढी प्रसय पाउने गरेको उल्लेख गर्नुभयो ।

५ नम्बर प्रदेशका नलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, रुकुम, रोल्पा र प्यूठान गरी ७ जिल्लाका ५४ जना सहभागी रहेको मनोसामाजिक परामर्श कार्यकर्ता तालिममा आत्मा हत्या, मनोसामाजिक समस्या, मानसिक समस्या, मनोमाजिक सहयोगको दृष्टिकोण, संचार र संचार सिप, लैंगिक हिंसा, समाज र लैंगिकको भूमिका, क्वारेटाइनमा र आइसोलेसन केन्द्रमा हुन सक्ने लैंगिक हिंसा, बृद्धि, बिकास, तनाव व्यवस्थापन, रिस व्यवस्थापन, माहामारी सम्बन्धी जानकारी, सेवा प्रदायकको स्रोत नक्सांकन, सिफारिस प्रणाली, ओसीएमसी बारे जानकारी, प्राथमिक मनोबैज्ञानिक सहयोग, लैंथिक हिंसाको कानूनी प्राबधानका साथै प्रयोगात्मक तथा लिखित लगायतका कृयाकलाप १० दिन सम्म गरिएको थियो । सामुदायिक मनोसामाजिक परामर्शको आबस्यकता अति नै बढुदै गएको हुँदा संस्थाले तालिम आयोजना गर्न समन्वय गरेको सिदार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनु भएको छ ।

तालिमको प्रशिक्षकको रुपमा दिलिप श्रेष्ठ, रेखा श्रेष्ठ, मोलिना महर्जन, राधा पौडेल लगायतल रहनु भएको थियो । सिदार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षताबाट सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथी समाजिक बिकास मन्त्रालय ५ नम्बर प्रदेशका मन्त्री सुर्दशन बराल, बिषेश अतिथि सामाजिक महाशाखाका प्रमुख सारदा बस्याल रहनु भएको थियो ।
सामाजिक बिकास माहाशाखा ५ नम्बर प्रदेश बुटवलको समन्वय र यूएन एफपीएको आर्थिक सहयोग रहेको छ । सीभिआइसीटी पनी समन्वयमा रहेको १० दिने भर्जुअल तालिमको आयोजना सिदार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group