January 18, 2021

Asian Khabar

Online News Portal

सुजनको पृथक लयमा {बोली रसिलो } बजारमा

लाेकेन्द्र सुनार, प्यूठान । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष गायक, सर्जक, मोडल, सुजन लम्सालको लयमा पृथक लोक दोहोरी गीत बोली रसीलो बासुकी कृयशनबाट बजारमा आएको छ ।

मेलीना राई, डिएन मगरको स्बर र सुमन गन्धर्बको शब्द रहेको सो गीतमा एरेन्ज डोलराज बाह्रघरेको रहेको छ । यस्तै गीतको अभिनयमा बहुचर्चित मोडल कबिता नेपाली, कमल सीहको रहेको बोली रसिलो लय र्सिजना गने कलाकार सुजन लम्सालले बताउनु भयो । गीतको भिडियो निर्देशन मौसम हिमाली, तथा छायाकन करण चैसीर रहनु भएको छ ।

भिडियोको सम्पादन मनोज कार्कीको छ भने अडियो मारुनी रेकडिङ स्टुडियोबाट बहुचर्चित कलाकार, प्राबिधिक कुमार रानाले मिक्सीङ गर्नु भएको थियो । भक्तपुरको गुन्डु जंगलमा छायाङ्कन गरिएको उक्त गीतको भिडियोमा सबै प्रोफेस्नल कलाकार रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभयो ।

आधुनिक तथा फिल्मी क्षेत्रका कलाकार सहितको समुह रहेकाले गीत र भिडियो सदाका भन्दा पृथक रहेको लम्सालले बताउनु भयो । लम्सालले नेपाली लोक दोहोरी क्षेत्रमा अब्बल र्सिजना फुल फुलेर पहेलै भयो, मायालुको बोली, मत तिम्रै लागी, डाली नुग्यो चरिले टेकेर, एकादशी बजार, फुल जस्तै लगायतका ५ सय गीतमा लेखन, निर्देशन, लय सिर्जना गर्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.