January 21, 2021

Asian Khabar

Online News Portal

पहिरोले पुर्दा रोल्पामा एकै परिवारका २ बालकको मृत्यु

प्यूठान जागरण संबाददाता
२७ भदौ, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडा अध्यक्ष मति पुनले जानकारी दिनुभयो ।

रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगीएको छ ।

पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते हुनु भएको छ । उनीहरुलाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको डिएसपी सुवेदीले प्यूठान जागरणलाई जानकारी दिनुभएको छ ।

ज्ञानसिंहका जेठा छोरा यमराज आफन्तको घरमा पाहुना गएका थिए । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएपनि परिवारका सदस्यहरुसँग सम्पर्कमा नरहेको वडाध्यक्ष मति पुनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.