अह म बोल्दै बोल्दिन
1 min read
कबिता
सरद बिष्ट
स्वर्गद्वारी न पा ३, प्यूठान
बोलेको कुरा नै सुनुवाई हुदैन भने
अह ! म बोल्दै बोल्दिन l
१९०३ को जङ्गे शासनमा
बोल्नेको घाँटी समातियो
कसैले सास फेर्ने सुस्ख पाएनन ।
कसैको आफ्नै हैकम चल्यो
कसैको रोदन र चीत्कार
बोल्नेलाई मारिन्थ्यो रे
कस्तो यातनाको जमानारु
तपाई प्रश्न किन गर्नुहन्छरु
अह! म बोल्दै बोल्दिन ।
त्यो कालो अन्धकार बादलमा
सुर्यका किरण समेत छेकिए
फाल्गुन ७, २००७ सम्म
उकुस मुकुस र बिष्फोट भो
होनहार सपूत मारिए
शुक्रराजलाई देख्ने मन थियो
बैरी र राक्षसी दुस्मनहरूले
टेकु पचलीमा झुण्डाइदिए
चिच्चाएर जोडदार भाषण गर्दा
गङ्गालालले मृत्युदण्ड पाए
बिचारको क्रान्ति गर्न खोज्दा
मृत्युदण्ड हुन्छ भने
अह! म बोल्दै बोल्दिन ।।
रगतको खोला बगाएर
प्राप्त गरेको प्रजातन्त्र
२०१७ सालमा अपहरण पर्दा
जन्ताको पिर ब्यथा
जस्ताको त्यस्तै रह्यो।
बिकाशको मुल फुट्ने बेलामा
राजदरबारमा कर्फ्यु लगाईयो
शहरमा सैनिक गस्ती
गाँउमा बस्ती रित्तिए
कस्लाई थाहा रु के भोरु
जनकपुर बम काण्ड र सुखानी हत्या काण्ड
जनमत सङ्ग्रह त्यसै भएको होइन
तर जित पञ्चायतकै भो
पञ्चायती सामन्ती ब्यबस्थाको बारेमा
केही शब्द र वाक्य बोल्दा
जन्ताको जीतमा झुट हुन्छ भने
अह! म बोल्दै बोल्दिन ।।
२०४६ को आन्दोलनमा
शहरमा आगो बल्यो
कैयौ घाइते भए
बस्ती बस्ती अनि सडकमा
मान्छेहरूको भीड उर्लदै गयो
बहुदलीय ब्यबस्थाको लागि
टिम्बुरबोटे काण्ड भो
पिष्कर हत्याकाण्ड भो
गणतन्त्र आएन भनेर
दिउसै काठमाडौंको सहरमा
लाल्टिन बाल्ने रहर गरे
तर, बहिरो सरकारले सुनेन
ईट्टाका टुक्राहरू चोक चोकबाट
प्रहार हुँदा समेत
कानमा तेल हालेर बस्यो
बिजयी जुलुसमा
जिन्दाबाद! र मुर्दाबाद !
मुर्दाबाद भन्दा जेल(नेल खाए भने
अह! म बोल्दै बोल्दिन ।।
२०५१ सालमा माओबादी
किन जनयुद्ध गरेरु
इतिहासले कुनै दिन बताउला
२०५८ मा दरबारकाण्डको लिला
ह्रदयभरि आँसु आउछ
२०६२र०६३ को जन आन्दोलनले
राजतन्त्रको जरो फाल्यो
मेचि देखि कालिसम्म
हिमाल देखि तराईसम्म
आगोका झिल्काहरू बले
किन र के का लागिरु
गणतन्त्रको कोपिला रोप्नु थियो ।
खै त परिबर्तन रु
गरिबीले देश मोर्दैछ
भष्टाचारीले बदनाम गर्दैछ
नोबेल कोरोना भाइरसले
जन्ता आक्रान्त भएका छन
देश र प्रदेश लकडाउनमा छ
मान्छेहरू घर घरमा मर्दैछन।
देश भन्छ अस्मिता बचाउू
सबैले प्रश्न सोध्छन
खैरु( नयाँ नेपाल ।
खै रु बुद्धको देश१
खैरु सगरमाथाको देश ।
खै त गणतन्त्रको अनुभुति रु
म सँग उत्तर छैन
फगत कबिता कोरिरहन्छु
अह ! म बोल्दै बोल्दिन ।।।
कबितालाई प्युठान जागरणमा स्थान दिनु भकाेमा प्युठान जागरणका प्रवन्धक/ सम्पादक लाेकेन्द्र सुनार प्रति हार्दिक अाभार !! जस्ले राम्राे डिजाईन गरि अाम साहित्यिक जिज्ञासु साथीहरूप्रति मेराे कबिता पस्किदिनु भकाे छ । तपाईप्रति हार्दिक नमन छ