बाल दिबशको अबसरमा निबन्ध प्रतियोगीता हुने
1 min read
प्यूठान जागरण संबाददाता
भाद्र, २४ । कोरोना माहामारीका कारण र्सिजीत समस्यालाई मध्यनजर गरी सूचना डबली मिडिया प्रालिले बालबालिका सम्बन्धी निबन्ध प्रतियोगीता आयोजना गरेको छ । भाद्र २९ गतेका दिन राष्ट्रिय बाल दिबशको अबसरमा इमेल मार्फत निबन्ध प्रतियोगीतामा भाग लिन सकिने गरी कार्यक्रम तय गरिएको सूचना डबली मिडिया प्रालिका व्यवस्थापक रिखिराम जिसीले जानकारी दिनु भयो ।
पछिल्लो समयमा लेखन कार्यमा बालबालिकालाई प्रेरेणा होस भनी करिब १ हजार शब्द हुने गरी कोरोनाले बालबालिकाहरुको शिक्षामा पारेको प्रभावका बिषयमा केन्द्रित रहेर १८ वर्ष मुनिका बालबालिकालाई समेटने गरी प्रतियोगीता सञ्चालन गर्न लागेको सूचना डबली मिडिया प्रालिका अध्यक्ष शिशिर केसीले प्यूठान जागरण डटकमलाई बताउनु भयो ।
साथै सहभागीको निबन्ध मूल्याङ्कन गरी प्रथम द्धितिय र त्रितीयलाई क्रमश २ हजार, १ हजार, ५ सय पुरस्कार प्रदान गरीने केसीको भनाई छ । प्रतियोगीतामा भाग लिन चाहाने बालबालिकाले निबन्ध सूचना डबली मिडया प्रालिको इमेल suchanadabalimedia@gmail.com मा पठाउन सकिने आयोजकले व्यवस्था मिलाएको छ । प्रतियोगी बालबालिकाले निबन्ध भाद्र २८ गते साझ ५ बजे सम्म इमेल पठाउनु पर्ने छ । प्रतियोगीमा जिल्ला तथा जिल्ला बाहिरबाट पनी सहभागी हुन सकिने व्यवस्था रहेको प्रालिका व्यवस्थापक रिखिराम जिसीले बताउनु भयो । यस वर्षको राष्ट्रिय बाल दिबशको नारा बिपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता रहेको छ ।