January 25, 2021

Asian Khabar

Online News Portal

१७ करोडको ठेक्का सरकारलाई नबुझाउदै भत्कियो कस्ले बनाउने टुङगो छैन

1 min read

????????????????????????????????????

लोकेन्द्र सुनार-प्युठान जागरण
भदौ, २४ । प्रस्ताबित कृष्णसेन इच्छुक राजमार्ग खंलगा, जोगीटारी हुदै अर्घाखाँची सम्मको ओटासिल सहितको पक्कीबाटो ठेकेदारको लापरबार्हीका कारण सरकारलाई नबुझाउदै भत्किएको छ । प्यूठानको खंलगा देखी जोगीटारी सम्म सडकको ठाउँ ठाउँमा पर्खाल भत्किएको छ भने गुणस्तर काम नहुँदा सडक धाजा फाट्ने र उप्कने समस्या देखा परेको छ । ठेक्का कार्यान्वयन गर्ने निकाय पूर्वाधार बिकास कार्यालय तथा जिल्ला समन्वय समिति प्यूठान पनि कसले गराउने भन्ने बिषयमा फरक मत रहेको पाइएको छ ।

प्यूठान जागरण डटकम संग फोन सम्पर्कमा ठेक्का लिने लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले भने आफ्नो डिएलपी अर्थात मर्मत संभार अबधि सिद्धिएको र साना खाल्डा खुल्डी मर्मतका लागी मात्र काम रहेको रेडिमेट जवाफ दिएको छ । हेर्दा लाखौको मर्मत सम्भार गर्नु पर्ने प्राबिधिक मुल्याङ्कनमा देखिएता पनि अन्तर जिल्ला जोडीएको महत्वपूर्ण राजमार्ग कसले बनाउने भन्ने टुङगो छैन् । ठूला सवारी साधन चल्न नसक्ने हुदाँ स्थानीय बासिन्दा मर्कामा परेका छन् ।

खंलगा जोगीटारी हुदै अर्घाखाँची सम्मको मोटरबाटोमा ठाँउ ठाँउमा पहिरो झर्दा सिमेन्ट पर्खाल भत्किदा ठूला सवारी साधन चल्ल सकेका छैनन् । २०७२ सालमा लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले करिव १७ करोडमा ठेक्का पाएता पनी अहिले सम्म बाटो सरकारलाई बुझाउन सकेको छ्रैन् । खंलगा देखी जोगीटारी सम्म सडक भासिने, सिमेन्ट पर्खाल भत्किने, र सडक उप्कने समस्या देखा परेको छ । बाटो निमार्ण गर्दा सम्भावित मापदण्ड पुरा नगरी कमसल सामान प्रयोग गर्दा अहिले लाखौको क्षति भएको हो । उता लोहोनी एण्ड ब्रर्दशले भने हामीलाई फोन संम्पर्क गर्दा आफुले सरकारलाई बुझाएको र डिएलपी पीरेड अर्थात मर्मत सम्भार अबधी सिद्धिएको बरु साना खाल्डा खुल्डी बनाइ दिने सर्त भएको जवाफ दिएको छ ।

तत्कालिन जिल्ला बिकास समिति प्यूठान र प्राबिधिक कार्यालय द्धारा राष्ट्रिय ग्रामिण सुद्धिढिकरण (एसयनआरटीपी) परियोजना मार्फत लोहोनी एण्ड ब्रर्दशलाई ठेक्का दिइएको थियो । अन्तर जिल्ला जोड्ने सडक पक्की हुने भएपछि जिल्लाबासी खुसी भएका थिए तर अहिले गुणस्तर काम नहुदाँ स्थानीय आक्रोसित भएका छन् । ठेकेदारले होस या सरकारले बाटो तुरुन्त सुचारु गर्न पहल गर्नुपर्ने जिल्लाबासीको माग छ । भत्किएका पर्खाल निमार्ण गर्न ढिला गरेमा फेरी पून पहिरो जाने र करोडौको क्षति हुने स्थानीय डोर प्रसाद पोख्रेलको भनाई छ ।

ठेकेदारको मर्मत संम्भार अबधी सिद्धएकाले बाटो सुचारु गर्न पूर्वाधार बिकास कार्यालय तथा प्रदेश सरकारले बजेट व्यवस्था गरी बाटो बनाउनु पर्ने परियोजना कार्यान्वय इकाई पूर्वाधार बिकास कार्यालयका प्राबिधिक अधिकृत भक्क्त गिरीको बताउनु भयो । उता परियोजान हेर्ने निकाय जिल्ला समन्वय समिति प्यूठानले भने बाटो सरकारलाई नबुझाएको उल्टो पटक–पटक छिटो काम सम्पन्न गर्न पत्र काटिएता पनी ठेकेदार सम्पर्कमा नआउने गरेको हुँदा उसले गरेको कामको जिम्मा आफै लिनु पर्ने जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले बताउनु भयो ।

काम सम्पन्न भएको १३ महिना भित्र मर्मत संम्भार अबधि रहने भएकाले बाटो मर्मत लोहोनी एण्ड ब्रदर्शले नै गर्नु पर्ने देखिन्छ । स्थानीयलाई मोटरबाटो उपभोग गर्नबाट बन्चित हुन नदिन छिटो मर्मत संभार गरी बाटो सुचारु गर्नुपर्ने आबसयकता छ । आयोजना अबधिमा राम्रो अनुगमन नगरी ठेकदारलाई भुक्तानी दिनुले सम्बन्ध कार्यालयको पनि यसमा कमजोरी भएको स्थानीयको भनाई छ । बेलैमा खाल्डा खुल्डी पुर्ने, पहिरो व्यवस्थापन, तथा पर्खाल मर्मत नगरेमा साना ठूला दुर्घटना भई मानबिय क्षति हुन सक्ने भएकाले सम्बध निकाय बेलैका सचेत होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group