April 16, 2021

Asian Khabar

Online News Portal

महालक्ष्मीको यस वर्ष पहिलो महिला एमडीआरटिमा बिमला सापकोटा

1 min read

लोकेन्द्र सुनार-प्यूठान जागरण
भाद्र, २३ । इच्छा चाहाना भए जस्ता सुकै परिस्थितिमा पनि मानिस सफल हुन सक्छ तर त्यसका लागी निरन्तर लाग्नु पर्ने हुन्छ । चाहाना, इमान्दारिता, लगनशिलता, निरन्तरता र खुबी जस्ता कुराले कुनै पनि काम अगाडी बढाउन नभइ नहुने कुरा हुन । अझ हाम्रो जस्तो नेपाली समाजमा महिलाले प्राय कुरामा अगाडी बढ्न सामाजिक केही बन्धनहरु पनी झेल्नु परेका उदाहरण छन् ।

बाहिर हिडन श्रीमानको अनुमति लिनु पर्ने लगायतका घरायसी अभिभावक जोकोहीको पनि सल्लाहमा मात्र महिला स्वतन्त्र भई हिडन बाध्य छन् । घर गृहणीको रुपमा सीमित भएका कैयौ नारीहरु अन्य कुरामा त्यति सामेल हुन पाउदैनन् । समाजका कतिपय अन्धबिश्वासलाई चुनौती दिदै मध्यबिन्दु नगरपालिका ११ नवलपुरकी बिमला सापकोटाले यस वर्ष जीबन बीमा कम्पनीमा आफुलाई अब्बल साबित गदै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट एमडीआरटी बन्न सफल हुनु भएको छ ।

भाद्र महिनामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी बन्न सफल भएकोमा बधाई दिदै सापकोटाको नाम सार्बजनिक गरेको छ । बिस २०३१ साल चैत्र ८ गते मध्यबिन्दु नगरपालिका ११ नवलपुरमा सामान्य परिवारमा जन्मिएकी बिमला सापकोटा, एक समाज सेबाको रुपमा पनी चिरपरिचित हुनु हुन्छ । दुई सन्तानकी आमा सापकोटा भन्नुहुन्छ पहिलो पटक महालक्ष्मी इन्स्योरेन्सको नाम सुने पछि निकै प्रभावित भएर कम्पनीमा जोडीने निर्णय गरे, साच्चिकै नाम जस्तै सोच लक्ष्यले गर्दा आज मेरो जीवनमा लक्ष्मीले बास गरे जसरी सफलता मिलेको बुझाई छ ।

केही समयको दौडानमा छोटो समयमा अरुको भलो तथा पैसा सम्बन्धी कारोबार हुने कार्यमा आफ्नो सफलताले गति लिदा म एकदमै खुसी छु । यो सफलतामा छोरा छोरी श्रीमान र अन्य मलाई बिश्वास गर्ने सम्पुर्णको सहयोग, सहकार्यले यो सम्भव भएको उहाँको भनाई छ । सुरुका दिनहरुमा पैसा संग खेल्ने कुरा भएकाले केही चुनौती पनी आए तर ति सबै कुरालाई मैले अबसरको रुपमा लिई काम गर्दा सफलतामा पुगे ।

२० वर्ष औषधी व्यवसायको क्षेत्रमा काम गरे भन्दै जीबनमा घर गृहणी देखी समाज सेवा पनि गर्न भ्याएको अनुभव सापकोटाको छ । इच्छा भए घरको काम गदै केही समय छुट्टाएर अन्य काम गर्न गृहणी तथा अन्य महिलामा उहाँको सुझाव छ । सुक्ष्म रुपमा लागेर काम गर्दा कुनै पनी ठाउँमा महिला दिदी बहिनीलाई समस्या नआउने सापकोटाको बिस्वास छ । प्यूठान जागरण डटकम संग कुरा गदै सापकोटाले अबसर पाएमा महिला पनी काममा परुष भन्दा कम नहुने बताउनु भयो ।

सकारात्मक सोचका साथ एकल तथा सामुहिक रुपमा काम गर्न सकेमा काममा असम्भव नहुने उहाँले बताउनु भयो । मानिसलाई बचत गर्ने बानी सिकाउदै, हुने क्षतिको सुरक्षाका बारेमा बीमा व्यवसायमा काम गर्दा आफुले गौरभ महशुस गरेको भनाई छ । सापकोटाका श्रीमान पनी व्यवसायको क्षेत्रमा संग्लन हुनु हुन्छ भने १ छोरी १ छोरा अहिले अध्यायनको शिलशिलामा अष्टेलियामा रहनु भएको छ । अध्ययानको क्षेत्रमा एस.एल.सी मात्र उत्तिण गरेकी सापकोटाको बिमा व्यवसायको क्षेत्रमा बिरलै एमडीआरटी बन्ने महिलाको रुपमा आफुलाई साबित गर्ने अनुभवलाई अनुसरण गर्न सकेमा समाज बिकास तथा सशक्तिकरणमा टेवा पुग्न सक्छ ।
के हो एमडिआरटि
सन् १९२७ मा रजिष्टर भएको एमडिआरटि एक विदेशी संस्था हो । जहाँ करिब ७२ देशका ५ सय भन्दाबढी कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल क्षेत्रका मानिसहरु भाग लिन पाउँछन् ।
कसरी एमडीआरटि नम्बर पाइन्छ ।
सदस्यता लिएको कम्पनीले लक्ष्य पूरा गर्न सफल इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थाले तोकेको समयमा लक्ष्य पूरा गरेका व्यक्तिहरुले र साथमा अमेरिकी ५ सय ५० डलर सहित दर्ता शु्ल्क पेश गर्नु पर्ने हुन्छ र एमडिआरटि नम्बर पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group