January 21, 2021

Asian Khabar

Online News Portal

डोल्पामा जीप दुर्घटना तीनको अवस्था गम्भीर

प्यूठान जागरण संबाददाता

भाद्र, २२ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने रुखबाडामा सोमबार जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पाँचजना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्गतर्फ जाने क्रममा बिहान साढे दश बजे लु १ ज ४२२९ नम्बरको को जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका पाँचमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोे प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका ५ बस्ने २४ वर्षका जीप चालक रामबहादुर रोकाय, सोही स्थानका २५ वर्षका सवारीधनी नरबहादुर रोकाय, वडा नं ६ का लोकचन्द्र बिक, सोही स्थानका हिरा बिक र मिना पुन रहेको प्रजिअ सुनारले बताउनु भयो ।


चालक रोकाय, सवारी धनी नरलाल रोकाय र लोकचन्द्र बिकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ ।  अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइते मध्ये हिरा बिक गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भईरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.