July 27, 2021

Asian Khabar

Online News Portal

बलात्कार प्रयासमा एक प्रहरी पक्राउ

प्यूठान जागरण संबाददाता
२२ भदौ, । युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।
गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।
‘अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गर्न खोजेको पीडित युवतीको दाबी छ । जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यै देखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन । म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।


मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ । यस अनुसार अभियोग पुष्टि भए सिंहलाई साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group