उपचार गर्न लैजादै गरेका बालकलाई चार यूवाले गरे अभद्र व्यवहार
प्यूठान जागरण संम्वाददाता
भाद्र, २१ । प्यूठान स्वर्गद्वारी नगरपालिका ८ का बालक लाई उपचारका लागी ल्याउदै गर्दा बाटोमा केही यूवाले कुटपिट गरेको पीडितले जनाएका छन् ।
स्वर्गद्धारी नगरपालिका ४ का सन्तोष नेपाली, सोही नगरपालिका ७ का राजकुमार नेपाली, अनिल नेपाली, प्रकाश नेपालीले आफुहरुलाई उपचारको शिलशिलामा जाने बेला बाटोमा गाडी रोकी अभद्र व्यवहार सहित कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएका थिए ।
१२ वर्षीय रबिन अधिकारी रुखबाट लडी उपचारको क्रममा अस्पताल लैजाने बेला गाडी रोकी चार जना यूवाले सार्बजनिक स्थलमा अभद्र व्यवहार प्रर्दशन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले अनुसन्धानका लागी प्रक्राउ गरेको प्यूठान जागरण डटकमलाई जानकारी दिएको छ ।
साथै आरोपित यूवाहरुलाई जिल्ला अदालत प्यूठान बाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।