थप ४८२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३० पुग्यो

[mashshare]

१७ असार काठमाण्डौ |  बितेको २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ । यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close