नयाँ नेकपा एमालेका केन्द्रिय समितीको नाम सार्वजनिक

[mashshare]

१७ असार, काठमाडौं ।  नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को(को हुन् रु केन्द्रीय समितिमा को(को छ भन्ने विवरण सहितको पत्र प्राप्त भएको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् । दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की भएको पाइएको छ । दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।

हेर्नुहोस् केन्द्रीय सदस्यको सूची

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close