प्रहरीको हिरासतमा रहेका बलात्कार आरोपी मृत भेटिए

[mashshare]

१७ असार, काठमाडौं ।  महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिरहेका बेला हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका थिए । उनको कोरोना ९कोभिड–१९० भाइरस परीक्षण भइनसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो । ट्वाइलेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए । यद्यपि, नबोलेपछि गएर हेर्दा झुण्डिएका अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो ।
अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close