सरकारले कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई अनुदान दिने

[mashshare]

१७ असार, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद तथा कोरोना संक्रमित व्यक्तिको उपचारवापत प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम सम्वन्धित संस्थालाई उपलब्ध गराउने तयारी थालेको छ । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न मन्त्रालयले यस्तो तयारी थालेको हो । सामान्य र लक्षण नदेखिएका तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुको उपचारमा दुई हजार र मध्यम अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रतिबिरामी दैनिक सात हजार रुपैयाँ अनुदान रकम सम्वन्धित अस्पताललाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा गरेको प्रस्ताव अनुसार गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि सम्वन्धित संस्थालाई प्रतिव्यक्ति दैनिक १५ हजार रुपैंयाँ उपलब्ध गराइने छ । सामान्य र लक्षण नदेखिएका होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको उपचारमा दुई सय रुपैयाँ उपलब्ध गराउने तयारी छ ।सो रकम खर्चको आधारमा सम्वन्धित संस्थालाई उपलब्ध दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ ।

संक्रमितको उपचार गरेबाफत् सरकारले दिने रकम

स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले खर्च व्यवस्थापनको निर्णय मन्त्रिपरिषद्ले गर्ने बताए । उनले भने, ‘हामीले प्रस्ताव गरेको रकम खर्चका आधारमा सम्वन्धित संस्थालाई उपलब्ध गराइन्छ ।’ उनले पहिलो प्राथमिकतामा ज्वरो, खोकी आएका, ट्राभल हिस्ट्री रहेका र फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close