पहिरोमा पुरिएर स्याङजामा एकको मृत्यु

[mashshare]

१४,असार स्याङजा | स्याङजाको गल्याङ नगरपालिका – ९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। गल्याङ – ९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। यमबहादुर श्रीमती र छोरासहित बस्दै आएका थिए। उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए। छोरा सकुसल छन्। अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन्।
घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close