नेकपा बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई, ओली अनुपस्थित

[mashshare]

१२ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् ।

बैठकको दोस्रो दिन आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । सरकार र पार्टी कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।
बैठकको पहिलो दिननै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरुलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरुले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ ।

दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीको राजिनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच अनुसारनै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close