ठेकादारको लापरवाही जनतालाई सास्ती, करोडौको लगानी मा ठेकेदारको मस्ती

[mashshare]

१० असार सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका वडा नं ९ स्थित बडीपाट्टी चौरासे कुइनेपाली सडक खण्ड निर्माणका क्रममा ठेकादारको चरम लापरवाहीका कारण स्थानियले ठुलो सास्ती भोग्नु परेको छ ।
ठेकादारले बर्षायाममा बाटो कटान गरी अलपत्र छोडेपछी त्यहाँका स्थानियले उत्पादन गरेको दही, दुध, तरकारी जस्ता कृषि उपज बस्तुहरु बजार सम्म ढुवानी गर्न निकै कठिन भएको छ । गाँउमा एम्बुलेन्स समेत जान नसक्ने अवस्था भएकाले यो कोरोनाको महामारीमा स्थानियहरु निकै त्रसित भएका छन ।

सडकका बारेमा ठेकादार तथा सरोकारवालालाई बारम्बार खबरदारी गर्दा पनि अनेक बाहाना गर्दे ठेकादारले काम नगरेको जन गुनासो छ । केन्द्र सरकार र प्रदेश सरकारको करोडौ लगानीमा निर्माण थालनी गरिएको उक्त सडक बर्षामा हिलो र गर्मीमा धुलोले स्थानियलाई निल्नु न ओकल्नु भएको छ ।

करोडौ लगानी, नयता नउता

प्रदेश सरकारको एक करोड लागतको प्रयोजना ठेकादार चन्द्र कोइरालाले बडिपाट्टी चौरासे सडक खण्ड निर्माण जिम्मा आफ्नो भागमा पारे, एक करोड बजेटमा करिब १८०० मिटर बाटोमा ६०० पक्की नाला र १८०० मिटर ग्राभिल गरी रोलिङ्ग गर्ने जिम्मा पेटी ठेकादार रुद्र खत्रीलाई कोइरालाले जिम्मा लगाए । खत्रीले करिब एक बर्ष लगाएर त्यहाँको सामुदायिक बनबाट आइ इ इ रिपोर्ट निकाले, एक बर्षिय योजनाको समय सिमा रिपोर्ट निकाल्दैमा सकियो, पुन एक बर्षको समय सिमा थप गरी सडक निर्माण कार्य शुरु गरियो ।
कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर देखी चिङघाट ढारखेत जोड्ने सडक खण्डलाई केन्द्र सरकारले ५२ करोडमा ठेकादार पदम खड्कालाई जिम्मा दियो । बडिपाट्टी चौरासे हुदै जाने उक्त सडक खण्डमा खड्काले बडिपाट्टी कुइनेपानी सडक खण्डलाई पक्की नाला र ग्राभिलको काम गर्ने सर्तमा त्यहाँको स्थानियसँगको समझदारीमा निर्माण कार्य सुरु गरेका थिए तर खड्काले बडिपाट्टी कुइनेपानी सडक खण्डको निर्माण जिम्मा पेटी ठेकादार रुद्र खत्रीलाई नै दिए ।
प्रदेश सरकार र केन्द्र सरकारको करोडौ लगानी रहेको उक्त सडक खण्ड पेटी ठेकादार खत्रीको लापरवाही र ढिला सुस्तीका कारण सडक निर्माण अलपत्र भएको एक स्थानियले बताए ।

कटान गरी छोडेको सडकमा नत नाली छ न त ग्राभिल नै गरिएको छ । बर्षायाममा लगातार बर्षातका कारण सडक अबरुद्ध हुदा कृषिजन्य उत्पादन बजार ढुवानी नहुदा यहाँ स्थानियलाई निकै सकस भएको छ । यस वडाका ९९ प्रतिशत परिवार कृषिमा निर्भर छन ।

के भन्छन जन प्रतिनिधी र राजनितिक दल

लेकबेशी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मन खड्लुकका अनुसार ठेकादारले अनेक वाहाना गर्दै वडाबासीलाई दुख दिएको बताए । अहिले त झन कोरोनाको बाहनामा निर्माण कार्य रोकिएको एसियन खबरलाई बताए । जन प्रतिनिधीको हैसियतले धेरै पटक सडकको बारेमा पेटी ठेकादार सँग कुरा भएको र गर्छु भन्दै आलटाल गरेको अध्यक्ष खड्लुक को गुनासो छ । वडाबासीको जन जिवन प्रभावित भएकाले जिल्ला प्रशासन कार्यालय वीरेन्द्रनगरमा दवाफमुलक कार्यक्रम गर्ने कार्य योजना रहेको खड्लुक ले बताए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा नं ९ को वडा कमिटीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छ ।
पत्रमा तत्कालका लागी जोखिम पुर्ण स्थानको पहिचान गरी उक्त स्थानमा ग्राभिल तथा नाला बनाई आवागमन सुचारु गर्न अनुरोध गरिएको छ । वडा कमिटी अध्यक्ष राजु पौडेलको नेतृत्वमा स्थानिय सरकारलाई ज्ञापन पत्र असार ८ गते बुझाइएको हो ।

असार महिनाको बर्षातमा बिकास निर्माणका कार्यहरु गरे जस्तो देखिनु नेपालमा नौलो कुरा भने हैन । असार मसान्तमा बजेट निकासका लागी देखावटी बिकासका नाममा सडक खन्ने , कालो पत्रे टालटुल गर्ने, सडक कटान गरी छोड्ने जस्ता कार्यले जनताको जन जिवन प्रभावित गर्ने ठेकादारहरुलाई कसले कार्वाही गर्ने सरकार ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close