आज को मौसम पूर्वानुमान, कुन कुन स्थानमा पानी पर्ने ?

[mashshare]

९ असार काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको   सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ ।
यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close