नागरिकता विधेयकमा काँग्रेसको ‘नोट अफ डिसेन्ट’

[mashshare]

७ असार काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नागरिकता विधेयमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा फरक मत ‘नोट अफ डिसेन्ट’ दर्ज गर्ने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानसहितको विधेयक निर्णायार्थ प्रस्तुत गरेमा  ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको हो ।

नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान असंवैधानिक रहेको ठहर गर्दै नोट अफ डिसेन्ट दर्ज गर्ने काँग्रेसको तयारी छ ।

काँग्रेसले दर्ज गर्ने नोट अफ डिसेन्टमा ‘यस विषयमा मुलुकभित्र क्रियाशिल दलहरुबीच सर्वदलीय सहमतिका आधारमा बनेको नेपाल नागरिकता ऐन २०६३ कै व्यवस्थालाई निरन्तरता दिँदै सोही अनुरुप प्रस्तावित विधेयकमा संशोधन हुनुपर्ने नेपाली काँग्रेसको संस्थागत मत राख्दछौं र आज समितिबाट पारित भएको प्रतिवेदनमा फरक मत दर्ज गर्दछौं’ भनि उल्लेख छ ।

नेकपा सचिवालयको शनिबारको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय लिएको थियो ।

समितिमा सत्तारुढ दलकै सांसदको बहुमत रहेकाले सहजै पारित हुने अवस्था भए पनि कांग्रेसले फरक मत लेखेर विरोध जनाउने भएको छ । तर यस विषयमा अहिले छलफल जारी रहेको सांसद डिला संग्रौलाले जानकारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close