५ बर्षिय मृगौला पीडित छोरालाई बचाइ दिन बुवाको अपिल !

[mashshare]

७ असार काठमाडौं । आफ्नो ५ बर्षिय छोराको मृगौलामा समस्या भएर उपचार गराईरहेका कालिकोटका रंग बहादुर बि.कले सहयोगको अपिल गरेका छन् ।

नरहरिनाथ गाउपालिका वडा नं.८ का ५ बर्षिय छोरा रसिम बि.कका बुवाले दुवै मृगौला फेल भएर मृत्युसँग संघर्ष गरिररहेकाले आफ्नो छोरालाई बचाउन देश तथा विदेशमा रहेका नेपालीलाई सहयोगका अपिल गरका हुन् ।

बि.क विगत पाँच महिनादेखि दुवै मृगौलामा समस्या भएपछि जीवन मरणको दोसाँधमा बाँचिरहेका छन् । उनका बुवा भन्छन्, ‘मेरो छोरालाई बचाइ दिनुहोस् । म तपाईहरूको यो धर्म कहिल्यै बिर्सने छैन । बि.कको ५ महिना देखि काठमाडौमा विभिन्न अस्पतालमा उपचार गराएर हाल पाटन अस्पताल काठमाडौमा उपचार भैरहेको छ ।

उनका बुवाले भने पाटन अस्पतालमा डाइलेसिस गरिरहेको छ १ हप्तामा ३ पटक डाइलेसिस गर्नु पर्छ, १ पटक डाइलेसिस गरेको २५०० रुपैया लाग्छ ।
तर, अस्पताल प्रशासनले भनेजति रकम जुटाउन नसक्दा उनी मुस्किलमा छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डाइलेसिस गुर्नपर्ने बताएको तर आर्थिक अभावमा उपचारमा नै समस्था भइरहेको पीडित बि.कका बुवा रंग बहादुरले बताए ।

अलिअलि भएको जायज्यथा समेत प्रारम्भिक उपचारमा सकिएपछि आर्थिक अभावकै कारण रसिमलाई बचाउन नसकिने हो की भन्ने चिन्ताले रसिमको परिवारलाई झस्काईरहको छ । रसिमको उपचाररार्थ आर्थिक सहयोग गर्न उनका परिवारले विभिन्न व्यक्ति तथा संघसंस्थासँग अपिल समेत गरेका छन ।

आफुहरुको न्यून आय स्तर भएकाले उपचारमा समस्या भैरहेको उनले बताए । मृगौला पिडित रसिम बि.कलाई बचाउन आर्थिक सहयोग गर्न चाहनुहुनेले रसिमको बुवाको मोबाइल नं. ९८१३७०३९७४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close