चीन सरकारको दाबीलाई भारत सरकारको अस्वीकार

[mashshare]

एजेन्सी ६ असार । केही दिनअघि २० भारतीय सैनिक मारिएको गल्वन उपत्यकाबारे चीनले गरेको दाबीलाई भारतले अस्वीकार गरेको छ । शनिबार भारतीय विदेश मन्त्रालय चीनले सो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएका प्रयासहरु अस्वीकार्य रहेको जानकारी दिएको हो ।

मन्त्रालयले चीनको दाबी गलत रहेको बताउँदै ती दाबीहरु अघिल्ला सर्तहरुसँग समेत मेल नखाने स्पष्ट पारेको छ । गल्वान क्षेत्रको अवस्था ऐतिहासिक रुपमा स्पष्ट रहेको दाबी गर्दै मन्त्रालयले सो उपत्यका भारतको एक हिस्सा भएको बताएको छ । मन्त्रालयले भनेको छ– ‘गल्वान उपत्यका भारतको एक हिस्सा रहँदै आएको छ ।

त्यस इलाकामा भारतीय सेनाले गस्ती गर्दै आएको थियो । भारतले एलसी पछाडि कुनै कदम चालेको छैन ।’ मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चिनियाँ विदेश मन्त्रालयको दाबीलाई खारेज गर्दै भनेका छन्- ‘मे महिनाको सुरुदेखि नै चिनियाँ सेनाले भारतले गरेको पेट्रोलिङमा सामान्य वाधा पुर्याउँदै आएको थियो । यो बीचमा गतिरोध हटाउनका लागि कमाण्डरहरुको तहमा कुराकानी भयो । एलसी (नियन्त्रण रेखा)मा भारतले स्थितिलाई परिवर्तन गर्दैछ भन्ने चीनको आरोपलाई हामी अस्वीकार गर्दछौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close