गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

[mashshare]

६ असार काठमाडौं । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ । शनिबार राति  प्रदेशका ४  जिल्लाका थप ५० जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा मुस्ताङको घरपजोङ गाउँपालिकाका एक ८३ बर्षीय बृद्ध सहित तनहुँका २७ बर्षीय पुरुष तथा ४० बर्षीय महिला, बागलुङका ५ वटा पालिकाका २६ जना पुरुष तथा ३ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ७ बर्षीय बालक देखि ३९ वर्ष उमेर समुहका १६ जना पुरुष तथा २ महिला रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close