भागबन्डा मिलेेपछि डीन डा. दिब्या सिंहको कार्यालयको ताला खुल्यो !

[mashshare]

५ असार काठमाडौं । प्राध्यापक डा. दिब्या सिंहलाई बरियता मिचेर आइओएमको डीनमा नियुक्त गरेको भन्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले डीन कार्यालयमा लगाएको ताला खुलाएका छन् ।
चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानमा डा. सिंहलाई बरिष्ठता र कार्यकुशलता आधारमा नियुक्त नगरेर मापदण्ड मिचेर पहुँचको आधारमा डाक्टर शाहलाई डीन बनाइएको भन्दै डीन कार्यालयमा बिहिबार विद्यार्थीले तालाबन्दी गरेका थिए ।
प्रशासनिक काममा अवरुद्ध नहोस् भनेर ताला खोलेको अनेरास्ववियू केन्द्रिय सदस्य मदन विष्टले बताए । ‘विद्यार्थी वार्तामा बसे पनि कुनै सहमति भएको भएको छैन्’ उनले भने, ‘प्रशासनिक काम बन्द नहोस् भनेर ताला खोलेका हौं, नियुक्तको विषयमा थप छलफल गरेर अगाडि बढ्छौं ।’ अनेरास्ववियूसँगै नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि तालाबन्दी गरेको थियो ।

बरिष्ठता र कार्यकुशलताका आधारमा मापदण्डअनुसार डीन नियुक्त गर्नुपर्ने विष्टले बताए । यद्यपि, भागबन्डाको आधारमा अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्ले र सहायक डीनमा प्राध्यापक डा. प्रदीप वैद्यसँगै अर्का १ जनालाई नियुक्त गर्ने सहमति भएको जनाइएको छ । सरकारको निकटताका आधारमा डीन नियुक्त गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाउँदै आएका थिए । प्राडा.शाह प्रधानमन्त्री केपी शर्माओलीको निजी चिकित्सक र त्रिवि शिक्षण अस्पतालको मृगौला रोग विभाग  प्रमुख समेत हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close