गण्डकि प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, आजमात्र ५६ जना थपिए

[mashshare]

५ असार काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जना कोरोना संक्रमित थपिएका हुन् ।

बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ निर्देशनालयले पुष्टि गरेको छ ।

तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा कोरोनाना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । आजमात्र गण्डकीमा थप ५६ जनाको कोरोनना संक्रमण पुष्टि भएको छ ।

आज बिहानमात्र गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए । नवरपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close