सटडाउनमा ओलि सरकार !

[mashshare]

समीर नेपाल
३ असार काठमाडौं । एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन भएको पनि करिव अढाई बर्ष पूरा भएर बर्तमान सरकारले आफ्नो पाँच बर्षे कार्यकालको आधा समय ब्यतित गर्दा समेत सरकारले आफ्नो प्राथमिकता नै तय गर्न सकेन।

प्रधानमन्त्री ओलीले शुरुवाती दिन देखि नै रटान लगाएका केही शब्द हुन यो सामान्य समय नभई असामान्य समय हो त्यसैले सरकारले असामान्य ढंगको काम गर्छ तर दुर्भाग्य सरकारले सफलता पूर्वक आफ्नै दैनिकी प्रशासन समेत चलाउन सकेन।
भ्रष्टाचारका बिषयमा उनले पटकपटक दोहर्याउने शब्द हो ‘ म आफै पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिँदैन।’ तर पछिल्लो अढाई दशकमा उनी आफैलाई सबैभन्दा बढी गिज्याउने शब्द नै यहि हो किनकी यति , ओम्नी हुँदै सिंगो सरकार  नै भ्रष्टाचारमा लिप्त छ र दैनिक जसो अभियोजनकर्ता र न्यायाधीशका रुपमा ओली आफैले भ्रष्टाचार भएको छैन भनी फैसला सुनाईरहेका छन्।

कुनै पनि मुलुकमा आधा रातमा पूरा विकास हुँदैन तर सरकार त्यो गतिमा हिँडेको छ कि छैन भनी मूल्यांकन गर्ने मात्र नभई केही भएर बनेर ठडिएको देखिने त्यस्तै नागरिकले त्यसको महसुस गर्नलाई भने पर्याप्त समय हो यो अढाई बर्ष तर अंह यो अढाई दशकमा भ्रष्टाचार र विलासीता भन्दा अरुथोक आमनागरिकले महसुस गर्न अत्यन्तै कठिन छ यहाँ। यहाँ प्रष्ट छ सरकार नागरिकका लागी होइन स्वार्थी समूहको हितका लागि अगाडी बढेको छ।

नेतृत्वको वास्तविक परिक्षण संकटको समयमा हुने गर्दछ तर यहाँ बिश्वब्यापी कोरोना महामारीको संकटमा सरकार पूर्ण असफल भएर यसलाई कमाउने अवसरका रुपमा लिएर अगाडी बढ्न थालेको छ। कोरोना संक्रमितलाई पुनः परिक्षण नगर्ने गरि नियमावली जारी गरेर यहाँ सरकार आफै मानवताविरुद्धको अपराधमा अगाडी बढिरहेको छ। हिजो हज्जारौं किलोमिटरको यात्रा गर्ने मज्दुरले , भारतको सीमामा रोकिएका आप्रवासी श्रमिकले त्यस्तै बिदेशमा रहेका नेपाली कामदारले राज्यको महसुस गर्न पाएनन्। अति निम्नबर्गीय परिवारले राज्यको महसुस गर्नै नपाई भोकभोकै मर्नुपरिरहेको छ आजका दिनमा तर राज्य राष्ट्रपति कार्यालको कार्पेट देखि मन्त्रीनिवासको जिममा मात्र उपस्थित छ आमनागरिकको दु:खमा होइन।

दस अर्वको खर्च देखाएर दशक करोड नखर्चिएको सरकार विरुद्धको युवाको स्वतस्फूर्त आन्दोलन आजको देशको आवश्यकता हो अब पनि युवाबर्ग चुप बसे कतिपय ल्याटिन अमेरिकि मुलुक झैँ भ्रस्टाचार र माफियाको दलदलमा पर्दै जानेछ।
सरकारको धरपकड विरुद्ध यो युवा जमात कमजोर हुने छैन बरु उल्टै सामूहिक गिरफ्तारी दिनेछ। यो आन्दोलनले आजका दिन सम्म सरकारलाई सच्चिने र सही ठाउँमा आउने मौका दिएको हो तर यसमा सरकार सच्चिन नचाहे सरकार मात्र होइन यो सिंगो ब्यबस्थाका लागि हानिकारक नहोला भन्न सकिन्न?

मुलुक लकडाउन र नागरिकका लागि सरकार शटडाउनको स्थितिमा सधैं रहन सक्दैन।

” समीर नेपाल एशियन खबर डटकमका सम्पादक हुनुहुन्छ । “

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close