भारत र चीनका सैनिकबीच भिडन्त , तीन भारतीय सैनिकको मृत्यु

[mashshare]

एजेन्सी २ असार काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिक मारिएका बिबिसीले जनाएको छ ।

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारतीय अधिकारीले बताएका छन् ।

भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close