कोरोना भन्दा सरकारको लकडाउनले मर्ने भयौं: अध्यक्ष बब्लु ठाकुर

[mashshare]

२ असार काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि तिन महिना पुग्नै लाग्यो।

लकडाउनका कारण धेरैजनाको रोजगार गुमेको छ । धेरैको हालत बेहाल भएको छ । संक्रमणलाई सुस्त बनाउन बन्दाबन्दी एक प्रभावकारी अस्त्र भएता पनि यसले अर्को समस्यातिर मुलुकलाई धकेलेको छ । संक्रमण कम गर्नुमात्र नभई बन्दाबन्दीले उत्पन्न गराएका समस्या सुल्झाउन पनि सरकारलाई अर्को चुनौती थपिएको छ ।
सरकारले केहि दिन अगि मात्र लकडाउन लाई केही खुकुलो बनाउने निर्णय गर्यो। जिल्ला भित्रै जोर बिजोर प्रणालीको माध्यम बाट गाडी चलाउने साथै
सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिने निर्णय गरेको छ। यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने निर्णय गरिसकेको छ।
लकडाउन लाई केहि खुकुलो गरेको भनेता पनि सरकारले सिनेमा घर,सपिङ मल,पार्लर,सैलुन जस्ता संबेदनसिल संक्रमितको जोखिम हुने ठाँउ लाई भने यथावत बन्द राख्ने निर्णय गरेको छ तर ल पछिल्लो समय लकडाउन उलंघन बढदै गएको छ।
उदाहरणको रुपमा हेर्दा अहिले देशैभरीको धेरै जसो सैलुन र पार्लरहरु संचालनमा आईसकेका छन् ।
सरकारले आव्हान गरेको लकडाउनलाई किन उलंघन गरेको भनेर हामीले अखिल नेपाल राष्ट्रीय नाई मजदुर संघका केन्द्रीय अध्यक्ष बब्लु ठाकुरलाई सोध्दा वहाँले यस्तो प्रतिक्रिया दिनुभएको छ। अध्यक्ष ठाकुर भन्छन् हामीले सरकारको निर्णय लाई पछ्त्तर दिन सम्म मानेकै थियौ तर सरकारले हालसम्म कुनै पनि नाई संघलाई यो बन्दाबन्दिको समयमा राहत उपलब्ध गराएको छैन,अहिले हामी मजदुर कोरोना भाइरसले भन्दा भोकले मर्ने अवस्थामा आईपुगेका छौ,राज्यले हामी नाई लाई मजदुरमै गनेको छैन हाम्रा दश हजार भन्दा बढी दैनिक ज्यालादारी गर्ने नाईहरु लाई सरकारले व्यवस्ता गरेको छ।हामीले सरकारको निर्णयलाई उलंघन नै गरेका छौ तर हामी स्वयंम आफैले हाम्रा नाई साथीहरु लाई पिपिई,मास्क,लगाएत सुरक्षा उपकरण लागएर सुरक्षित साथ भिडभाड नगरिकन सैलुन,पार्लरहरु यहीँ जेष्ठ २१ गते देखि खोल्ने निर्णय गरिसकेका छौ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close