सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टीको तयारी

[mashshare]

२ असार काठमाडौँ । पार्टीको नीति र निर्देशनविपरीतका गतिविधिमा संलग्न भएपछि समाजवादी पार्टीले सांसद सरिता गिरीको पद खारेज गर्नेसम्मको कारबाही अघि बढाउने तयारी गरेको छ । पार्टीले निर्णय गरेमा समानुपातिक सांसदको पद खोस्न सकिने प्रावाधन कानुनमा छ । पार्टीभित्र पनि उनलाई सांसदबाट हटाउन तीव्र दबाब परेको छ ।

‘कुनै भवितव्य नपरेमा उनको पद खारेज हुने गरी कारबाही हुनेछ,’ समाजवादीका एक नेताले भने, ‘पार्टी अध्यक्षहरू बाहिर भएकाले राजधानी आउनासाथ निर्णय हुनेछ ।’

पार्टीको निर्णयविपरीत सांसद गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको प्रावधान खारेज गर्नुपर्ने भन्दै आफूखुसी संशोधन हालेकी थिइन् । अध्यावधिक नक्सा निसान छापमा समावेश गर्न ल्याइएको संविधान संशोधनको विरोधमा उत्रिनुका साथै गिरीले पार्टीको ह्वीप र निर्देशनको समेत अवज्ञा गरेकी थिइन् । उनलाई पार्टी र संसदीय दलले समेत आफूले अघि बढाएको संशोधन विधेयक फिर्ता लिन निर्देशन दिएको थियो ।

अटेर गरेपछि संवैधानिक भावनाविपरीतको संशोधन भन्दै सभामुख अग्नि सापकोटाले उनले दर्ता गराएको संशोधन विधेयक अस्वीकृत गरेका थिए । त्यसपछि उनी पार्टी ह्वीपविपरीत मतदानमा समेत भाग नलिई संसद्बाट बाहिरिएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close