विद्यार्थीको अभिलेख राख्दै माबि हरिवन, अनलाइन क्लासको वातावरण मिलाई दिन अभिभावकलाई अनुरोध

[mashshare]

रिवाज गौतम

१ असार सर्लाही । सर्लाहीको हरिवनमा रहेको महादेव जनता नमुना माध्यमिक बिद्यालयले समुदायमा गई विद्यार्थी  अभिलेखिकरण तथा सर्बेक्षण सहित पाठ्यपुस्तक बितरण सुरु गरेको छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने बेताली, नरायणचोक, डाडाटोल, पुरानोबजार, फेदि जस्ता ७ वटा केन्द्र बनाई आज शिक्षकहरुको सक्रियतामा विद्यार्थीको अभिलेखिकरण, सन्चारमा विद्यार्थीको पहुँचबारे सर्बेक्षण सहित विद्यार्थीलाई पाठ्यसामग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए ।

कोरोना भाइरस ( कोभिड १९ ) का कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन अघिनै बिद्यालयले वार्षिक परिक्षा सकिसकेको र गत बैशाखमा नै सामाजिक सन्जाल, अनलाईन मार्फत नतिजा प्रकाशित गरि विद्यार्थीको कक्षा उन्नती गर्ने काम सकिएकोले हालको यो अवस्थामा घरमै सुरक्षित रहि अध्ययनको वातावरण बनाउन विद्यार्थीको हातहातमै पाठ्यपुस्तक पुर्याउन लागिएको प्रधानाध्यापक सिंहले बताए ।

बिद्यालयले सुरु गरेको अभिलेखिकरण सहित विद्यार्थीलाई  विभिन्न मिडिया मार्फत सन्चालनमा ल्याईएका भर्चुअल क्लास बारे जानकारी गराएको र सिकाईको वातावरण बनाईदिन अभिभावकलाई बिद्यालयले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close